२०८२ साल मंसिर मसान्तभित्रै पार्टीको महाधिवेशन हुनुपर्छ : शेखर कोइराला

२०८१ चैत्र ९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ९ चैत । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्वलाई दवाव दिनुपर्ने बताउनुभएको छ ।

कांग्रेस मोरङ–काठमाडौं सम्पर्क समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले २०८२ साल मंसिर मसान्तभित्रै पार्टीको १५ औं महाधिवेशन हुनुपर्ने भन्दै यसका लागि सवैले नेतृत्वलाई दवाव दिनुपर्ने बताउनुभएको हो । समयमा नै हुने महाधिवेशनले पार्टीलाई चलायमान बनाउने भन्दै उहाले त्यसो हुन नसके पार्टी नै कमजोर भएर जाने धारणा राख्नुभयो । महाधिवेशनमा को जित्छ वा हार्छ भन्ने कुरा आफ्नो ठाँउमा रहेको उहाले बताउनुभयो । कोइरालाले समयमा नै महाधिवेशन गरेर २०८४ को चुनावमा एकढिक्का भएर जानुपर्ने र एक्लै लड्नुपर्ने उल्लेख गर्नुभयो । उहाले संघीय लोकतान्त्रीक गणतन्त्र ख्याल–ख्यालमा ल्याएको नभएकाले कसैले यसलाई खोस्न नसक्ने बताउनुभयो । उहाले लोकतान्त्रीक व्यवस्थामा निषेधको राजनीति गर्न खोजे लोकतन्त्र कमजोर हुने धारणा राख्नुभयो । सरकारमा रहेका दुई ठूला दलले राम्रा काम गर्दै अघि बढ्यो भने डराउनुपर्ने अवस्था नरहेको उहाले बताउनुभयो ।

उहाले संविधानमा पुनरावलोकन गरेर आवश्यकता अनुसार सुधार गर्नुपर्ने भएपनि त्यसमा ध्यान जान नसकेको जिकिर गर्नुभयो । कांग्रेस नागरिकको पार्टी भएपनि अहिलेको समस्याको समाधानका लागि मियो बन्न नसकेको उहाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार