काठमाडौंमा सडक बत्ती चोर्ने पक्राउ

२०८१ चैत्र १०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १० चैत । काठमाडौं महानगरपालिकाका सडक बत्ती चोरी गर्दागर्दै महानर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका-८ घर भइ कागेश्वरी मनोहरा नगरपालिका-७ काँडाघारी बस्ने ३४ वर्षीय सुदीप बस्ने छन् । उनीविरुद्ध चोरीको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दासमेत दर्ता भएको छ ।

कोटेश्वर एरियाका सडक बत्ती तथा ट्राफिक आइल्याण्डमा जडान गरिएका बत्तीहरु हराउन थालेका थिए । सडक बत्ती बारम्बार हराउन थालेपछि महानर प्रहरीबले निगरानी बढाएको थियो ।

सोही क्रममा बत्ती चोर्दै गरेको अवस्थामा बस्नेतलाई पक्राउ गरिएको महानर प्रहरी बलको पत्रमा उल्लेख छ । महानगर प्रहरीले बलले प्रहरीमा दिएको जाहेरी अनुसार उनलाई १५ फागुनमा पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय