स्याङ्जामा उखुकाे जुस बिक्रीबाट न्यौपानेले मासिक डेढ लाख आम्दानी

२०८१ चैत्र ११, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

संगम भण्डारी
स्याङ्जा, ११ चैत । स्याङ्जाका अनिल न्यौपानेले परम्परागत उखु खेतीलाई नयाँ मोड दिनुभएकाे छ। उखु बेचेर मात्र सीमित नभई, ताजा जुस बनाएर बजारमा आफैं बिक्री गर्ने उहाँको सोचले अहिले मासिक १ लाख ५० हजारसम्म आम्दानी भएको छ।

सुरुमा अनिलले खेतमा उत्पादन भएको उखु खुदो बनाई बार्सिक १/ २ लाख आम्दानी गर्नुहुन्थ्याे। तर, उखुको जुस बजारमा झन् लोकप्रिय भइरहेको देखेपछि उहाँले सोच बदल्ने निर्णय गर्नुभयाे। उखु बेच्नुको साटो ताजा जुस बनाएर आफैं बजारमा लैजाने र प्रत्यक्ष ग्राहकलाई बिक्री गर्ने तरिका अपनाउनुभयाे।

अनिल बिहान खेतबाट ताजा उखु ल्याउँनुहुन्छ, त्यसलाई बजार सम्म लागी आफ्नै पेल्ने मेसिनमार्फत जुस बनाउनुहुन्छ र आफैं बजारमा लगेर बेच्न सुरु गर्नुहुन्छ। उहाँका प्रमुख ग्राहकहरू यात्रा गर्ने यात्रु, स्थानीय बासिन्दा, होटल र चिया पसलका सञ्चालकहरू हुन्।

सिदार्थ राजमार्ग छेउ जिरो भन्ने ठाउमा उखुको अर्गानिक जुस बेचदै आउनुभएको छ ।

दैनिक १०० गिलास जुस बिक्री हुन्छ। एक गिलासको मूल्य रु ५० पर्ने भएकाले मासिक १ लाख ५० हजारको हाराहारीमा आम्दानी भइरहेको छ।

बजार विस्तार, उपकरण किन्ने खर्च, ग्राहक विश्वस्त बनाउने जस्ता चुनौतीहरू सुरुमा आए। तर, उहाँले गुणस्तरीय ताजा जुस उपलब्ध गराएर ग्राहकको मन जित्नुभयाे।

“देशमै बसेर नवीन सोच र मेहनत गरे राम्रो आम्दानी सम्भव छ” अनिल भन्नुहुन्छ, विदेश जानु अघि आफ्नै ठाउँमा केही नयाँ गर्न सकिन्छ कि भनेर सोच्नुपर्ने उहाँको सल्लाह छ। सही योजना, परिश्रम र लगनशीलता भए जुनसुकै व्यवसायबाट सफल भइन्छ भन्ने प्रमाणित गर्नुभएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय