काठमाडौं ,१७ चैत । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच केहीबेर चर्काचर्की भएपछि बैठक स्थगित भएको हो ।
बैठकमा सहभागी एक सांसदका अनुसार सत्तापक्षका सांसदहरूले शुक्रबारको घटनालाई लिएर विपक्षीले बैठक अवरोध गर्न नहुने बताएका थिए ।
सदनभित्र सत्ता र प्रतिपक्षी उठेर वाद प्रतिवादमा उत्रिए आज गृहमन्त्री रमेश लेखकले १५ गतेको घटनाबारे जानकारी गराउन समय मागेका थिए । विपक्षीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान लिएपछि बैठक स्थगित भएको हो ।