काठमाडौं ,१७ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताउनुभएको छ ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शुक्रबारको घटनामा पूणरुपमा पूर्वराजा ज्ञानेन्द्र शाह दोषि रहेको भन्दै सम्पूर्ण घटनाको जिम्मेवारी पूर्वराजाले नै लिनुपर्ने बताउनुभएको हो ।
पूर्वराजालाई संविधानले नागरिकलाई दिएको हक अधिकार भन्दा बढि दिएर राखेको भन्दै उहाले यसलाई सम्मान गर्न नसकेको तर्क गर्नुभयो । शर्माले जसको उक्साहटमा घटना भएको छ, त्यही अनुसार छानविन हुनुपर्नेमा कांग्रेसको जोड रहेको बताउनुभयो ।
उहाले मुलुकमा भएका घटनाका बिषयमा सदनमा कुरा राख्न नपाउने अवस्था सिर्जना भएको र यसमा सिंगो संसद नै दोषी भएको धारणा राख्नुभयो । प्रधानमन्त्रीले सदनमा जवाफ दिने भनिसक्दा पनि अहिलेको अवस्थामा सदन अवरुद्ध गर्नु उचित नभएको उहाको भनाइ छ ।