वैशाख १४ देखि सबै विद्यालयमा अनिवार्य पठनपाठन सुरु गर्न गल्याङ नगरपालिकाकाे निर्देशन

२०८२ बैशाख १०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

क्रान्ति अर्याल
वैशाख १०, स्याङ्जा । गल्याङ नगरपालिकाले आफ्ना सम्पूर्ण सामुदायिक विद्यालयहरूमा अनिवार्य रूपमा पठनपाठन सुरु गर्न निर्देशन दिएको छ । नगर कार्यपालिकाको मिति २०८२/०१/१० गतेको निर्णय र नगर शिक्षा समितिको मिति २०८२/०१/०९ गतेको बैठकको निर्णयअनुसार उक्त निर्देशन जारी गरिएको हो ।

शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलनका कारण केही विद्यालयहरूमा नियमित पठनपाठन सञ्चालनमा समस्या देखिएको प्रति नगरपालिकाले गम्भीर ध्यानाकर्षण गराएको छ । जनशक्ति व्यवस्थापन, शिक्षक भर्ना, प्रमाणीकरण तथा प्राविधिक विषयहरू समाधान गर्न नगरपालिकाले पहल गरिरहेको सूचनामा उल्लेख गरिएको छ ।

उक्त निर्णयअनुसार २०८२/०१/१४ गते आइतबारदेखि सम्पूर्ण विद्यालयहरूमा नियमित पठनपाठन सञ्चालन गर्नुपर्नेछ । नगर प्रमुख गुरु प्रसाद भट्टराईद्वारा हस्ताक्षरित सूचनामा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षकहरूलाई विद्यार्थी भर्ना, कक्षा सञ्चालन, पाठ्यपुस्तक वितरण लगायतका शैक्षिक तथा प्रशासनिक कार्यहरूमा कुनै ढिलासुस्ती नगर्न अनुरोध गरिएको छ ।

त्यस्तै सूचनाको पालना नगरेमा उत्पन्न हुने समस्या तथा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले लिनुपर्ने स्पष्ट पारिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय