रास्वपाको संसदीय दलको बैठक बस्दै

२०८२ बैशाख ११, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ११ वैशाख  । आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा संसद्को आगामी अधिवेशनका सम्बन्धमा, राष्ट्रिय स्वतन्त्र पार्टीको मिति २०८२ वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले रास्वपा संसदीय दललाई दिएको निर्देशनका सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय