काठमाडौँ , ११ वैशाख । विद्यालय शिक्षा विधेयक र शिक्षकहरूका समस्या समाधान गर्न नेकपा माओवादी केन्द्र लागी पर्ने भएको छ ।
बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले शिक्षकहरू लामो समयदेखि सडकमा रहे पनि सरकारले उनीहरूका माग सम्बोधनमा चासो नदेखाएको भन्दै अन्य दलहरूसँग समेत छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयाे ।
बैठकमा वैशाख १२ गतेदेखि सुरु हुने संघीय संसद्मा दलको तर्फबाट कसरी प्रस्तुत हुने र बजेट अधिवेशनमा सरकारका तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम, प्रि बजेटबारे छलफल भएको थियो ।