विद्या भट्टराईले दिइन् शिक्षा मन्त्रीलाई बधाई, प्रधानमन्त्रीलाई धन्यवाद

२०८२ बैशाख १२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १२ वैशाख । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नवनियुक्त मन्त्री रघुजी पन्तलाई बधाई दिएकी छन् ।

पार्टी र सरकारबाट निरन्तर असहयोग भएपछि राजीनामा दिएकी भट्टराईले मन्त्री पन्तलाई बधाई दिंदै प्रधानमन्त्री केपीशर्मा ओलीलाई धन्यवाद दिएकी छन् ।

‘मलाई विश्वास गरेर आफ्नो नेतृत्वमा बनेको सरकारमा सँगै काम गर्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वहाँको नेतृत्वको मन्त्रीपरिषद्प्रति आभारी छु’, उनले अघि लेखेकी छन् , ‘यस अवसरका लागि मलाई छनोट गर्नुभएकोमा सम्पूर्ण पार्टीका नेता र सिङ्गो पार्टी पंक्तिप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।’

उनले आफूले ९ महिना काम गर्दा सहयोग गर्ने मन्त्रालयका सचिवहरू, सहसचिवहरू, विभागीय प्रमुखहरू, निकायका प्रमुखहरु र सम्पूर्ण कर्मचारीका साथै सुरक्षा कर्मीहरुलगायत सहयोगी सबैलाई धन्यवाद दिएकी छन् ।

उनले आफ्नो अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरण, अनुसन्धान, विज्ञान तथा प्रविधिमा आधारित सबैका लागि गुणस्तरीय शिक्षामा रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार