कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

२०८२ बैशाख १३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाै, १३ वैशाख ।  नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ ।

लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गाैलाको उपचार गराइरहनुभएका डङ्गोलको गएराति केएमसी अस्पतालमा निधन भएको हो ।

२००४ सालमा काठमाडाैमा जन्मनुभएका ७७ वर्षीय डङ्गोल कांग्रेस काठमाडाैको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडाै महानगरपालिकाको पूर्व उपप्रमुखसमेत हुनुहुन्थ्यो ।

डङ्गोल विसं २०६२/६३ को जनआन्दोलनमा काठमाडाैमा कमाण्डरका रूपमा खटिनुभएको थियो । उहाँको श्रीमती हुनुहुन्छ ।

डङ्गोलको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भिमसेन दास प्रधानले जानकारी दिनुभयोे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय