काठमाडाै, १३ वैशाख । नेपाल शिक्षक महासंघले सरकारसंगको वार्तासंग आन्दोलनलाई पनि निरन्तरता दिएको छ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले शनिबार २५ औं दिन पनि आन्दोलन जारी राखेको हो ।
शनिबार सरकारसंग भएको वार्ता निष्कर्ष बिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो ।
आफुहरुको माग पुरा हुने अवस्था नबनेसम्म आन्दोलन जारी रहने महासंघले स्पष्ट पारेको छ । शनिबार काठमाडौंको बिजुलीबजारमा आन्दोलनका लागि आएका शिक्षकहरुले शिक्षकको माग पुरा गर, विद्यालय शिक्षा ऐन जारी गर लगाएतका नारा लगाएका थिए ।