भिरकोटको गुमार्दीमा सामुदायिक भवन समुदघाटन

२०८२ बैशाख २९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, २९ वैशाख । भिरकोट नगरपालिका वडा नम्बर ३ गुमार्दीमा जनसेवा आमा समुहको पहलमा निर्मित सामुदायिक भवन उद्घाटन भएको छ । नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले एक कार्यक्रमका बीच उक्त भवन उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले निर्माण र विकासका लागि नगरले सक्दो प्रयास गर्ने बताउनुभयो। उहाले सहजताको लागि आफूहरुको प्रयास रहिरहने पनि उल्लेख गर्दै भवन सम्पन्न गर्न सफल भएकोमा निर्माण समिति प्रति आभार व्यक्त गर्नुभयो । उहाले स्वास्थ्य लाई महत्व राखी समुदायिक भबन निर्माण कार्य गर्न आवश्यक सामाजिक रुपमा आर्थिक सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। नगर प्रमुख कर्माचार्यले सडक विस्तारको लागि विविध ठाउँमा विविध सडक स्तरोन्नतिको कार्यक्रम भइ रहेको उल्लेख गर्दै बयरघारी गुमार्दी हुँदै विरुवा सडक स्तरोन्नतिको कार्य हुँदै गरेको र निरन्तरता दिएर विरुवा जोड्न आफूहरु लागि परेको उल्लेख गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथि भिरकोट नगरपालिका प्रथम मेयर छायाराम खनालले विकास निरन्तर अघि बढ्दै जाने प्रक्रिया भएको र एकैचोटी सबै परिवर्तन गर्न नसकिने जिकिर गर्नुभयो । उहाले ग्रामीण बस्ती खाली हुँदै जाने र बजार खचाखच हुँदा ग्रामीण खेतीयोग्य जमीन झाडीमा परिणत हुनु समस्या भएको उल्लेख गर्नुभयो। उहाले ग्रामीण क्षेत्रमा सुविधा थप्दै जाने सकिन्छ तर मानवीय बस्ती कसरी बढाउन सकिन्छ त भन्ने प्रश्न गर्दै मातृभूमि को माया गर्न आवश्यक रहेको बताउनुभयो। भवन निर्माण कार्यमा वडा नगरले सहयोग गरेको र देश विदेशमा रहने स्थानियको सहयोगमा सम्पन्न भएकोमा भवन निर्माण मात्र नभई सदुपयोग गर्दै अघि बढ्न सुझाब गर्नुभएको थियो।

रुपन्देही सुद्धोदन गाउँपालिका वडा नंवर २ का वडा अध्यक्ष कमल खड्काले आफ्नो जन्मभूमिमा कार्यक्रममा आउन पाउँदा खुशी व्यक्त गर्दै विकास र निर्माणको विषयमा आर्थिक विषय चलायमान हुने हुँदा उहाले आर्थिक समृद्धि हुनु जरुरी रहेको उल्लेख गर्नुभएको थियो। उहाले खर्च गर्दा दीर्घकालीन सोचका साथ उत्पादन मुलक क्षेत्रमा जोड दिएर कार्य गर्दा राम्रो हुने उल्लेख गर्दै सहजता र निर्माण को लागि पनि बजेट उत्तिकै आवश्यक हुने उल्लेख गर्नुभएको थियो।
कार्यक्रम जनसेवा आमा समुह तथा निर्माण समितिको अध्यक्ष राधा केसीको अध्यक्षतामा सञ्चालन रवीन्द्र केसीले गर्नुभएको थियो। कार्यक्रममा समितिका लक्ष्मी खड्काले आय व्यय सहित दाताहरु नगरपालिका र वडा बाट प्राप्त रकमको जानकारी गराउँदै खर्च भएको विवरण उल्लेख गराउनुभएको थियो।

कार्यक्रम मा चन्दा दातालाई नगरप्रमुख गोविन्द कुमार कर्माचार्य भिरकोट प्रथम मेयर छायाराम खनाल र जनसेवा आमा समुहकी सभापति राधा केसी बाट सम्मान गरिएको थियो। त्यसै गरी स्थानीय स्तरमा रहेका ८० वर्ष पुग्नु भएका बुवा आमा लाई दोसल्ला ओडाएर नगरप्रमुख कर्माचार्यले सम्मान गर्नुभएको थियो। त्यसैगरी अर्गानिक खाजा रोटी तरकारी फलफूल खुवाएर नाच गान सहित मनोरञ्जन गराइएको थियो।

कार्यक्रममा भिरकोट तीनका वडा अध्यक्ष केशर बहादुर खड्का, वडा नम्बर ८ का वडा अध्यक्ष नन्द लाल खनाल, भिरकोट तीनका निवर्तमान वडा अध्यक्ष बाबुराम श्रेष्ठ, भिरकोट तीनका वडा सदस्य प्रेम बहादुर राना, नेपाली कांग्रेस गण्डकी प्रदेशका इन्द्र बहादुर मास्की, बालमैत्री संयोजक तथा भिरकोट नेपाली कांग्रेसकी उपसभापति विष्णु माया काफ्ले, भिरकोट वडा नम्बर तीन एमालेका अध्यक्ष नुर बहादुर मास्की, समाजसेवी मिन बहादुर खड्का, डिम बहादुर खड्का, चन्द्र बहादुर मास्की, श्री जनज्योति आधारभूत विद्यालय का शिक्षकहरू, लाङ्घाली क्लबका अध्यक्ष विकास राना र सदस्य हरु, जनसेवा आमा समुहका पदाधिकारी तथा सदस्यहरू, इन्द्रेणी आमा समुहका पदाधिकारी तथा सदस्यहरू, भवन निर्माण मा सहयोग गर्ने विविध ठाउँमा बसाइँ गर्नुभएका चन्दा दाताहरु स्थानिय बुद्धिजीवी सर्वसाधारण लगायत को उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय