पूजा खड्का
स्याङ्जा, ११ जेठ । बैंकिङ्ग कसुर मुद्धामा फरार अभियुक्त पक्राउ परेका छन्।
सहन शाह अलिको जाहेरीको आधारमा रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ सुनार टोल बस्ने वर्ष ३२ का राज सुनार दुई लाख रुपैयाँको चेक बाउन्स भएको भन्ने व्यहोराको आधारमा सुनारलाई शनिबार घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।
थप अनुसन्धानको लागि सम्मानित स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।