गणतन्त्रमा बदला लिएर होइन बदलिएर काम गर्नुपर्छ : उपसभापति गुरुङ

२०८२ जेष्ठ १६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,१५ जेठ । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले गणतन्त्रमा बदला लिएर होइन बदलिएर काम गर्नुपर्ने बताउनु भएको छ ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पुर्व कानून मन्त्री समेत रहनु भएका गुरुङले गणतन्त्रको सुन्दरता भनेको स्वच्छ प्रतिस्पर्धा भएको बताउनु भएको हाे । गणतन्त्र/लोकतन्त्रमा प्रतिशोध र बदला नहुने भन्दै जब हामी प्रतिस्पर्धा भन्दा प्रतिशोध साँध्न थाल्छौं र बदलिएर काम गर्नुको सट्टा बदला लिन खोज्छौं तब गणतन्त्र/लोकतन्त्र कमजोर हुने उहाँको तर्क छ ।

उहाँले लेख्नु भएको छ “गणतन्त्र/लोकतन्त्रको सुन्दरता स्वच्छ प्रतिस्पर्धा हो। जहाँ बद्लिएर काम गर्नुपर्छ।
गणतन्त्र/लोकतन्त्रमा प्रतिशोध हुँदैन र बद्ला पनि हुँदैन।
जब हामी प्रतिस्पर्धा भन्दा प्रतिशोध साँध्न थाल्छौं र बद्लिएर काम गर्नुको सट्टा बद्ला लिन खोज्छौं तब गणतन्त्र/लोकतन्त्र कमजोर हुन्छ।
गणतन्त्रको हार्दिक शुभकामना”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार