काठमाडौं, १५ जेठ । प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक बर्षको लागि तय गरिएको बजेट स्वीकृत गरेको छ। उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल बजेटको ‘ब्रिफकेश’ बोकेर अर्थमन्त्रालयबाट प्रधानमन्त्री कार्यालय पुग्नुभएकाे थियाे।
मन्त्रिपरिषदको बैठकले स्वीकृतगरेसंगै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट संघीय संसदबाट पढेर सुनाउने तयारी गर्नुभएकाे छ। पौडेल यसअघिका अर्थमन्त्री बर्षमान पुन जस्तै अल्लोको ब्यागमा बजेटको ब्रिफकेश बोकेर सिधैं प्रधानमन्त्री कार्यालय पुग्नुभएकाे हाे ।