सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरिने

२०८२ जेष्ठ १६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१५ जेठ ।  अर्थमन्त्री विष्णु पौडेलले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी पीडितहरुलाई वितरण गरिने बताउनुभएकाे छ ।

यसका लागि चक्रीय कोष स्थापना गरिने बताउँदै उनले बिउपुँजीको व्यवस्था सरकारले गरेको बताउनुभएकाे  हाे ।

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीहरुको सम्पत्ति र राहदानीसमेत रोक्का राखिने बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार