नेवार समुदायले धुमधामका साथ सिथि नखः पर्व मनाउदै

२०८२ जेष्ठ १८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १८ जेठ । जेष्ठ शुक्ल पक्ष षष्ठीका दिन आइतबार नेवार समुदायले धुमधामका साथ सिथि नखः पर्व मनाएका छन् ।

सिथि नखःको दिन नेवार समुदायले मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । वर्षातको बेला बगेर आउने भेल र खानेपानीको मुहानमा फोहर पानी मिसिएर दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि समेत सरसफाइ गरी निकास खोल्ने गरिएको हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मुललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मुलको सफाइ गर्ने गरिएको छ । सिथि नखःको दिन किसानले खेत बारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एकाबिहानै घरगोठमा रहेको गाई बस्तुको गोबर मललाई खेतबारीमा पु¥याउने गर्दछन् । त्यसपछि आफ्नो घर आँगन सफा गरी सिथि नखः पर्व मनाउन थाल्छन् । भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन रहेको छ । सिथि नखः पर्वका अवसरमा भक्तपुरको सिद्धपोखरी, नवदुर्गा मन्दिरलगाएतका स्थानमा दर्शनार्थीको घुईचो लाग्ने गर्दछ । भगवान् कुमारको जन्मदिनसमेत भएकाले नेवार समुदाय कुमार र नवदुर्गागणको पूजाका साथै देवाली गर्ने प्रचलन रहेको भक्तपुरका स्थानीयहरुको भनाइ छ ।

मल्लकालदेखि मान्दै आएको नवदुर्गा भवानीलाई यस दिन भक्तपुर र मध्यपुरथिमि नगरका प्रत्येक घरधुरीले पूजा चढाउने परम्परा छ । यसदिन नेवार समुदायमा नुहाउनाले वर्षा फाप्ने जनविश्वास पनि छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय