काठमाडौं ,१८ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था पुनस्र्थापनाको वास्तविक लडाईं भोलिबाट सुरु हुने उद्घोष गर्नुभएकाे छ ।
आज नारायणचौरबाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई तुरुन्तै रिहा गरे त्यहीँ ल्याइदिन उहाँले सरकारलाई सुझाव दिनुभयाे ।
लिङदेनले भन्नुभयाे, ‘भर्खरै राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतलाई पक्राउ गरिएको सुनेको छु । म नेपाल सरकार, गृहमन्त्री वा यहाँ कमाण्ड गरिराखेका प्रहरी प्रमुखसँग भद्रतापूर्वक मेरो आग्रह छ, तपाईंहरुले कमल थापालाई यहीँ ल्याइदिनुस । होइन भने अरु साथीभाइलाई पनि काठमाडौं बाहिरबाट बोलाउँछौं । खास लडाईं यहीँबाट सुरु हुन्छ ।’