काठमाडौँ,२० जेठ । आन्दोलनरत यातायात व्यवसायी र सरकारी वार्ता टोलीबिचको छलफल पछि सहमतिमा हस्ताक्षर भएको छ।
सोमबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको तेस्रो चरणको बैठकमा सहमतिमा हस्ताक्षर भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिनुभयाे।
स्वाँरका अनुसार संघीय सरकारले प्रदेश सरकारलाई पत्राचार गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गरेपछि देशभरको यातायात सञ्चालन सञ्चालन गर्ने सहमति भएको छ। यद्यपि गण्डकी प्रदेशले नियमावली फिर्ता नगरेसम्म आन्दोलन जारी रहने उहाँले प्रष्ट पार्नुभयाे।
राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा आन्दोलनरत यातायात व्यवसायीले देशभरका सार्वजनिक सवारी साधन बन्द गरेका छन्। व्यवसायीहरुले नियमावली स्थगित गरे आन्दोलन तत्काल फिर्ता लिने बताउँदै आएका छन्।