समाचार प्रभाव : रास्ट्रपतिलाई कुरिरहेको बाटोलाई ३ करोड बजेट

२०८२ असार १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, १७ असार । तीन दशक अगाडि हालका रास्ट्रपतिले उद्घाटन गरेको ट्रयाक अहिलेसम्म पनि कालोपत्रे हुनसकेन भन्ने शीर्षकको समाचार हेर्ने कुरा डटकमले २०८० फागुन ५ गते प्रकाशित भएको थियो ।

हेर्ने कुरा डटकममा प्रकाशित भए लगत्तै विभिन्न मिडिया तथा राजनैतिक दलको उच्च प्राथमिकतामा परेको “बयरघारी विरुवा सडक” स्तरोन्नतिको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बाट आर्थिक बर्ष २०८२/८३ मा ३ करोड बजेट विनियोजन भएको छ ।

यो सडक खण्ड बयरघारी देखि बानेथोक,देउराली हुँदै सामदी, गुमार्दि बाट विरुवा बजारमा जोडिन्छ भने विरुवाबाट सालडाडा हुँदै तनहुँको दूलैगौडा जोडिने हुँदा तनहुँको दुलैगौडा देखि बयरघारी सम्मको एक नया रुटको व्यवस्था गर्न पनि सहज देखिन्छ। यो बाटो स्तरोन्नति भएपछि भिरकोट तीनको साथ साथमा धेरै पालिका लाई सहज र तनहुँ काठमाण्डौ पुग्नको लागि छोटो पनि रहन्छ ।

बयरघारी विरुवा सडक स्तरोन्नतिको लागि तीन करोडको बजेट परेको विरुवा गाउँपालिका नेपाली कांग्रेसका सभापति डोलराज पोखरेलले जानकारी दिनुभयो। उहाँले यो बजेट सही प्रयोग गर्न स्थानिय निकाय तात्नुपर्ने बताउनुभयाे । यो बाटो स्तरोन्नतिभए सँगै धेरै विषयमा धेरै पालिका लाई सहज हुने पोख्रेलले बताउनुभयो।

हालका राष्ट्रपति रामचन्द्र पौडेल सभामुख हुँदा खुलेको ट्र्याक तीन दशक सँगै पछिल्लो वर्ष बानेथोक बाट देउराली सम्म केही ढलान गरी नाल काट्ने र देउराली बाट बानेथोक जोड्न कटिङ्ग र नालको व्यवस्था गरिएको भिरकोट तीन नेपाली कांग्रेसका पार्टी सभापति विजय काफ्लेले जानकारी दिनुभयो । उहाँले बहुवर्षीय योजनामा पारेर काम पूरा गर्ने रणनीति रहेको जानकारी दिनुभयो।

ग्रामीण सडक स्तरोन्नति गर्न सानो बजेटले नपुग्ने हुँदा समस्यामा परेको उक्त बाटोका कारण भिरकोट तीनमा रहने स्थानियले निकै सास्ती खेप्नुपरेको स्थानिय व्यक्तिहरू बताउछन् ।

बयरघारी विरुवा सडक कालोपत्रे गर्न सक्यो भने बयर घारी बाट नै करिब ५० किलोमीटरमा साल डाडा हुँदै तनहुँ दुलै गौडा पुग्न सहज देखिन्छ । जसका कारण यो बाटो स्तरोन्नति हुन आवश्यक पनि देखिन्छ। तर बजेट कमीका कारण समस्या त्यतिनै रहेको छ।

यातायातको सुविधा सँगै कृषि क्षेत्रका विविध प्रयोजन बाट कृषक लाई कृषि उत्पादन देखि किनबेच, आवत जावत र बजार व्यवस्थापन गर्न पनि उत्तिकै सहज हुने स्थानिय सुरेश खड्का बताउनु हुन्छ। त्यसैगरी व्यापारी वर्गको लागि पनि उत्तिकै महत्वपूर्ण रहने खड्काले जानकारी दिनुभयो।

बजेट परेर मात्र नभई विवेकी तरिकाले बहु उपयोगी हुने गरी बजेट योजना अनुसारको सही सदुपयोगमा कार्यान्वयन हुन आबस्यक रहेको उल्लेख गर्दै ढिलो गर्न नहुने स्थानिय कमल खड्काले बताउनुभयो।

बजेट सधैं शिर बाट प्रयोग हुँदा पुछारमा रहेका जनता समस्यामा परेको भन्दै खड्काले दुवै जनाले अहिले गुमार्दिको बराह खोला बाट सुरु गर्नुपर्ने बताउनुभयो। स्थानिय सरकार भएको यतिका वर्ष सम्म पनि केही सेवा सुविधा प्राप्त हुन नसकेको उल्लेख गर्दै उहाँले अहिलेको बजेटकाे काम तल बाट सरू गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार