पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँ बढ्यो

२०८२ असार १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाउने निर्णय गरेको हो।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ। हवाइ इन्धनमा पनि प्रतिकिलो लिटर ५१ डलर वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार