काठमाडौं, २२ असार । इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा कांग्रेस नेता मोहम्मद आफ्ताब आलमले अदालतबाट सफाइ पाएपछि एकव्यक्तिले अन्याय भएको जनाएका छन् ।भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमारले मोहम्मद आफ्ताब आलमले सफाइ पाउदा आफुहरुलाई अन्याय भएको गुनासो गर्नुभएको हो ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गौरीशंकरले २०६४ चैत २७ गते आलमको इटाभट्टामा काम गरेको पैसा लिन जादाँ आलमको घरमा बम पड्एिको बताउनुभयो ।


उहाले उक्त घटनामा आफु गम्भीर घाइते भएको भन्दै आफ्नो घाउ खत देखाउनुभएको थियो । अदालतको फैसलाले आफुलाई अन्याय भएको उहाले बताउनुभयो । अफ्ताब आलमले नै बम विष्पोट गराएको भन्न नसकेपनि आमलकै घरमा बम बिष्फोट भएको उहाको भनाइ छ ।
इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्च अदालत वीरगन्ज इजलासले जब सफाइ दिएको छ । उच्च अदालतको फैसलामा बम पड्किएकै पुष्टि हुन नसकेका उल्लेख छ ।