पूजा खड्का
स्याङ्जा, २४ असार । नयाँ बर्ष सुरु भएसँगै स्याङ्जामा हालसम्म २४ सवारी साधन दुर्घटना हुँदा चालक र सहचालक गरी सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
स्याङ्जा जिल्लामा २०८२ साल वैशाख देखि असारको २४ गतेसम्म (हालसम्म) २४ सवारी साधन दुर्घटना भएका छन् भने जस् अन्तर्गत २ ट्रक, २ बस, ३ ट्रिपर, १ ट्याम्पो , १५ मोटरसाइकल र १ माइक्रो बस गरी २४ सवारी साधन सडक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो । त्यसैगरी सवारी दुर्घटनामा तीन जना चालक र सहचालकको मृत्यु भएको र जस्मा दुई पुरुष र एक महिला रहेको सूचना अधिकारी चौधरीले बताउनुभयो।


त्यसैगरी सडक दुर्घटनामा घाइते चालकर सहचालकमा एक महिला र १२ पुरुष गरी १३ जना घाइते भएका छन् भने यात्रु हरुमा एक महिला र तीन पुरुष गरी चार यात्रु घाइते भएका छन् । त्यसैगरी पैदल यात्रुमा २ महिला र १ पुरुष गरी ३ जना पैदल यात्रु सडक दुर्घटनामा घाइते भएका छन् । त्यसैगरी ४ सवारी साधनमा क्षति पुगेको छ भने कुल २१ मुद्धा दर्ता भएको सूचना अधिकारी चौधरीले जानकरी दिनुभयो।