स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

२०८२ असार २४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ,२४ असार। तीन दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यमा समर्पित ‘स्याङ्जा साहित्य प्रतिष्ठान’ले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ । प्रतिष्ठान कार्यसमितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पूर्व–शिक्षासेवी तथा स्रष्टा चुणामणि अर्याल संरक्षक रहेर स्थापना गरेको १ लाख ५० हजार रुपैयाँ रकमबाट उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष बुद्धिबहादुर (कुमार) रानाले जानकारी दिनुभयाे । नेपालको लोक–साहित्य तथा लोक–संस्कृतिमा विशेष योगदान पु¥याएका व्यक्ति छनोट गरी पुरस्कार दिने पनि उहाँले बताउनुभयाे । पुरस्कारको संरक्षक भने अर्याल आफैँ रहनुभएकाे छ ।

अहिलेसम्म प्रतिष्ठानमार्फत साहित्यका विभिन्न विधामा ४ वटा पुरस्कार प्रदान गरिँदै आएको छ ।

नवगठित कार्यसमितिले पुतली बजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी अध्यक्ष रहेको पुरानो कार्यसमितिलाई विशेष धन्यवाद दिँदै विधान संशोधन, पदाधिकारीको कार्यविभाजन तथा प्रतिष्ठानमार्फत साहित्यिक गतिविधि फराकिलो बनाउने प्रण गरेको छ । प्रतिष्ठानमार्फत दशकौँदेखि प्रकाशन गर्दै आएको साहित्यिक त्रैमासिक पत्रिका ‘रजस्थल’को गुणस्तरीय पक्षलाई मनन गर्दै यसको क्षेत्र विस्तार गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

नवगठित कार्यसमिति अध्यक्षमा रानासहित सदस्यहरू टिकाराम वाग्ले, इन्द्रबहादुर गोदार, ध्रुवबन्धु पौड्याल, लक्ष्मण वियोगी, मिलन समीर, शम्भु अर्याल, वसन्त खनाल, लक्ष्मी काफ्ले, सम्झना थापा मगर र राजेन्द्र श्रेष्ठ ररहनुभएकाे छ । अक्ष्यक्षबहेक अन्य सदस्यहरूको कार्यविभाजन गरिएको छैन । छिट्टै प्रतिष्ठानको विधानलाई नयाँ ढाँचामा संशोधन गरी पदाधिकारीको कार्यविभाजन गर्ने रानाले बताउनुभयाे ।

प्रतिष्ठानको नवगठित कार्यसमितिको पहिलो विस्तारित बैठक असार १४ गते वालिङ (मिर्दी) मा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय