स्याङ्जाको चापाकोटमा गोलि चल्यो

२०७९ मंसिर ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ४ मंसिर । मतदानको बिषयलाई लिएर विवाद हुँदा स्याङ्जाको चापाकोट नगरपालिका १ को एउटा बुथमा हवाई फाएर भएको छ ।

चापाकोट नगरपालिका १ को आधिघाट बुथमा विवाद हुँदा दिउँसो करिब १:३० बजे एक राउन्ड हवाई फाएर भएको प्रमुख जिल्ला अधिकारी गगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो । क्षेत्रीका अनुसार मतदान स्थल बाहिर दुई युवा बीच भएको सामान्य भएको र त्यहीँ विवाद मतदान स्थल भित्र परेपछि कुर्सी टेबुल फाल्न सुरु गरेपछि स्थिती नियन्त्रणमा लिन हवाइ फाएर गरिएको थियो ।

अहिले भने स्थिति नियन्त्रणमा आएको र मतदान प्रक्रिया अगाडि बढेको जिल्ला प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय