बाजुराकाे मतपेटिकामा आगलागी

२०७९ मंसिर ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धनगढी, ४ मंसिर । बाजुराकाे मतपेटिकामा आगलागी भएको छ।

स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको (क) केन्द्रमा रहेको एक मतपेटिकामा आगलागी भएको हो।

आज भइरहेको प्रदेश सभा समानुपातिक तर्फको मतदानका क्रममा केहीबेर अगाडि मतपेटिकामा आगलागी भएपछि केहीबेर मतदान रोकिएको थियो।

कसरी आगो लागेको भनेर नखुलेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अघिकारीले बताउनुभयो।

आगो लागेपछि पानी हालेर निभाइएको उहाँले बताउनुभयो। मतपेटिकामा सामान्य क्षति भएको छ, मतपत्रमा भने क्षति भएको छैन, सामान्य भिजेको छ, निर्वाचन अधिकृतले के गर्ने भनेर निर्णय गर्नुहुन्छ,’ उहाँले भन्नुभयो।

निर्वाचन अधिकृतले मुचुल्का बनाएर पुनः मतदान अघि बढाउने उहाँले बताउनुभयो। कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय