गल्याङको मनहरी खर्कमा हवाई फाएर

२०७९ मंसिर ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ४ मंसिर । मतदानको बिषयलाई लिएर विवाद हुँदा स्याङ्जाको गल्याङ नगरपालिका ७ को एउटा बुथमा हवाई फाएर भएको छ ।

गल्याङ नगरपालिका ७ को मनहरी खर्क स्थित श्री महेन्द्र दर्शन आधारभूत माध्यमिक बिधालयमा दिउँसो करिब ३ ः३० बजेकोसमयमा एक हवाई फाएर भएको प्रमुख जिल्ला अधिकारी गगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो । क्षेत्रीका अनुसार मतदान स्थलमा युवा जम्मा भएर होहल्ला गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फाएर गरिएको हो ।

अहिले भने स्थिति नियन्त्रणमा आएको र मतदान प्रक्रिया अगाडि बढेको जिल्ला प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय