रामेछापमा मतदान गरेर फर्कँदै गरेका दुई युवा कुटिए

२०७९ मंसिर ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रामेछाप ,४ मंसिर । रामेछाप नगरपालिका–८ बालमन्दिरमा रहेको मतदान केन्द्रमा मतदान गरेर घर फर्कँदै गरेका दुई युवा बीचबाटोमै कुटिएका छन्।

मतदान गरेर मोटरसाइकलमा घर फर्कँदै गरेका उहाँहरूलाई रामेछाप– ८ डुम्रिखर्कको सडकमा बसिरहेका केही युवाले मोटरसाइकल रोकी कुटपिट गरेका हुन्। घाइते हुनेहरूमा रामेछाप–८ का २१ वर्षीय गोविन्द सुवेदी र ४१ वर्षीय देवीलाल सुवेदी रहेका छन्।

उहाँहरू दुवैको अहिले जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ। दुवैजनाको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ। दुवैको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको रामेछाप नगरपालिका वडा नं ८ का निर्वतमान अध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो

कुटपिटमा संलग्नमध्ये एकजनालाई प्रहरीले प्रक्राउ गरेको र बाँकी अन्य तीनजना फरार रहेका छन्। उहाँहरूको खोजीकार्य भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय