मतदान केन्द्रमा वृद्धको निधन

२०७९ मंसिर ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

म्याङ्लुङ, ४ मङ्सिर । तेह्रथुममा मतदान गर्न मतदान केन्द्रमा पुगेका एक वृद्धको निधन भएको छ । लालीगुराँस नगरपालिका–८ सोल्मास्थित रत्न मावि मतदान केन्द्रमा भोट हाल्न पुग्नुभएका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मतदान केन्द्रमै निधन भएको हो ।

रत्न मावि मतदान केन्द्रको गेटमा पुगेपछि लिम्बू लड्नुभएको थियो । वृद्ध उच्च रक्तचापको बिरामी रहेको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जनाकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय