भारत जादा बाटैमा मृत्यु भएका परिवारलाई नयाँ गोरेटोको आर्थिक सहयोग (भिडियाे सहित)

२०७९ मंसिर १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,१२ मंसिर । वैदेशिक रोजगारीको क्रममा भारत जादा बाटोमै मृत्यु हुनुभएका गल्याङ नगरपालिका ४ सानो निबुवाका स्वर्गीय मोतीलाल भट्टराईको परिवारलाई नयाँ गोरेटो सस्थाले आर्थिक सहयोग गरेको छ ।

आइतबार गल्याङ नगरपालिका उपप्रमुख सहित मृतकको घरमा पुगेको सस्थाले पीडित घर परिवारलाई १३ हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । घरको आर्थिक अवस्था निकै न्यून भएका कारण गाउलेहरु मिलेर आर्थिक संकलन अभियाननै चलाएको आर्थिक संकलन समितीका संयोजन रेवाकान्त न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,घरमा कमाउने ब्याक्तीको मृत्यु भएको छ । घरमा एउटा ५ महीनाको छोरो र ६ बर्षकि छोरी छ । उनीहरुको भबिस्यको लागि आर्थिक सहयोग संकलन गरेका छौं ।

कार्तिक २७ गते वैदेशिक रोजगारीको लागि भारत जानुभएका भट्टराई भारत लागे लगत्तै परिवारसंग सम्पर्क बिहिन हुनुभएको थियो । परिवारसंग सम्पर्क बिहिन हुनु भएका भट्टराईलाई खोजी गर्दा मंसिर ३ गते भारतको एक रेल स्टेसनमा मृत फेला पर्नुभएको थियो । रेल स्टेसनमा मृत फेला पर्नुभएका भट्टराईको कसरी मृत्यु भयो भन्ने बारे अहिलेसम्म कुनै कारण भने खुल्न सकेको छैन । आर्थिक अवस्था निकै नै कमजोर भएको उक्त परिवारको लागि आर्थिक सहयोग जुटाउने कार्य सबै क्षेत्र बाट भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय