सुन मिश्रित कपडा सहित भारतीय नागरिकहरु पक्राउ

२०७९ मंसिर २९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २९ मङ्सिर। एयर इन्डियाको उडानद्वारा काठमाण्डौंबाट भारत जान लागेका दुइ भारतीय नागरिकहरु पक्राउ परेका छन । बुधबार एयर इन्डियाको उडानद्वारा काठमाण्डौंबाट भारत कलकत्ता र इन्दीगो एयर उडानद्वारा काठमाण्डौंबाट भारतको मुम्बई जान लागेका भारतीय नागरिक पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा सिरज कुन्नाप्पील्ली् मोइदिन र फैसल कोत्तकुदियिल अबुले लिएर आएको लगेजहरुलाई प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा स्क्रीनिङ गर्ने क्रममा सुन मिश्रित कपडाहरु लुकाई छिपाई बाह्‍य मुलुक तर्फ लैजान लागेको अवस्थामा फेला परेको छ । मोइदिनले लिएर आएको फुलबुट्टे कपडाहरु थान ५ को अन्दाजी तौल २३८० ग्राम र गलाए पछि आएको सुनको तौल ७४.७५० ग्राम र अबुले लिएर आएको फुलबुट्टे कपडाहरु थान ५ को अन्दाजी तौल २३८० ग्राम र गलाए पछि आएको सुनको तौल ७३.८९० ग्राम रहेको छ । उक्त कपडाहरु नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा परीक्षण गर्दा सुनको परिमाण खुलेको छ ।

उनीहरुलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय