पाल्पामा ट्याक्टर दुर्घटना एकको मृत्यु,चार घाइते

२०७९ पुष २५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा,२५ पुस। पाल्पामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार अन्य चार जना घाइते भएको छन्।आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु४त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नं. १ हुँगीका १७ वर्षीय विशाल थापा रहेका छन् ।ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेपछि घाइते भएका थापाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुुभयो।

स्थानीय , जिल्ला प्रहरी कार्यालय र राम्दी प्रहरी चौकीको सहयोगमा घाइतेको उद्दार गरिएको थियो । घाइतेँहरु रम्भा गाउँपालिका २ हुँगीका १८ वर्षीय विवेक थापा, सोही स्थानका १८ वर्षीय पूर्ण बहादुर बोटे रामपुर नगरपालिका वडा नं.१ का २४ वर्षीय दिलबहादुर घर्ती, सोही स्थानका १६ वर्षीय युवराज घर्ती घाइते रहेको र उहाँहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय