पोखरामा विमान दुर्घटना : उद्दार कार्य जारी

२०७९ माघ १, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १ माघ । यति एयरलाइन्सको विमान दुर्घटनास्थलमा उद्दार कार्य जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विमान दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीयबासिन्दा दुर्घटनास्थलमा पुगेका छन्।

काठमाडौंबाट आइतबार बिहान १०ः३३ बजे ६८ जना यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो। यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार छन्। उक्त जहाजमा १० जना विदेशी यात्रु रहेका छन्। यात्रुको अवस्थाबारे जानकारी हुन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय