विराटनगरका एक व्यवसायी ऋण तिर्न नसकेर ‘आत्महत्या’

२०७९ माघ १२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर,१२ माघ । विराटनगरका एक व्यवसायीले आर्थिक ऋण तिर्न नसकेर आत्महत्या गरेका छन् ।

विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बैंकको ऋण तिर्न नसकेर आफूले मृत्युवरण गरेको ‘सुसाइड नोट’ मा उल्लेख गरेका छन् ।

न्यौपाने पनि बुधबार मृत भेटिएका थिए । विराटनगर शनीमन्दिर रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्ने न्यौपानेलाई आफ्नै घरको वाथरुममा झुण्डिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रवक्ता श्रेष्ठका अनुसार तीन पन्नाको ‘सुसाइड नोट’मा बुबाआमासहित परिवारलाई सम्बोधन गर्दै बैंक र सहकारीबाट लिएको ऋण तिर्न नसक्ने अवस्थाका कारण आफूले मर्नु परेको उल्लेख गरेका छन् ।

सुसाइड नोटमा सांग्रिला बैंकबाट १ करोड ४५ लाख रुपैयाँको ऋण लिएको र एक सहकारीबाट १० लाख ऋण लिएको उल्लेख गरिएको छ । न्यौपाने मोरङ व्यापार संघका कार्यकारिणी सदस्य थिए । उनी मोरङ इलेक्ट्रिक संघका पूर्वअध्यक्ष तथा पतञ्जी योग समिति मोरङका उपाध्यक्षसमेत थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय