स्याङ्जामा सवारी दुर्घटना हुदा एक पैदल यात्रिको मृत्यु

२०७९ माघ १४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुवेदी
स्याङ्जा ,१४ माघ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा न. ११ करेनडाडा स्थित सिद्धार्थ राजमार्ग मा भएको दुर्घटनामा परि एक पैदल यात्रीको मृत्युु भएको छ।

शुक्रबार करिब साझाको ६:३० बजेको समयमा पुतलीबजार नगरपालिका ११ को करेनडाडा मा बुटवल तर्फबाट पोखरा तर्फ जाँदै गरेको ना ४ ख ६८२८ नम्बरको बसले ठक्कर दिदा मृत्यु भएको हो।

मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ११ को करेनडाडा को स्थानीय बर्ष ७२ को याम बहादुर जिटिको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले बताएको छ।

ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय