सवारी दुर्घटनामा परे पूर्वमन्त्री भुसाल

२०७९ माघ २०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२० माघ। पूर्वमन्त्री घनश्याम भुसाल सवारी दुर्घटनामा पर्नुभएको छ। नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो ।

आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि घाइते भएका भुसालको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय