पाल्पामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा छोराको मृत्यु

२०७९ माघ २१, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा,२१ माघ। पाल्पामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा र छोराको मृत्यु भएको छ ।

तानसेन नगरपालिका –१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र उनकी आमा ३९ वर्षीय मिना थापा मिधुन रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयाे ।

पाल्पाको तानसेनदेखि खानीगाउँ तर्फ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको हो ।

तानसेन– दर्लमडाँडा अन्तरगत भित्री सडकमा पर्ने बगनासकाली गाउँपालिका–९ झिरुभन्ज्याङ नजिकै ठकुरी बारीमा दुर्घटना भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रण लिएको  छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय