वालिङमा जीप दुर्घटना हुँदा एक घाइते

२०७९ माघ २३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल

स्याङ्जा, २३ माघ । वालिङ नगरपालिका ११ सिर्सिकोट छापास्थित बायटारी सिर्सीकोट भित्र सडक खण्डमा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

आज दिउँसो १२ बजे सिर्सिकोटबाट वालिङ तर्फ आउँदै गरेको लु १ ज २५३६ नम्बरको जीप दुर्घटना हुँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

जीप अनियन्त्रित भई सडक देखि ८ मिटर तल खस्दा वालिङ नगरपालिका नगरपालिका ११ सिर्सिकोट छापा बस्ने ३४ वर्षीय बिजय गोतामे घाइते भएका हुन् । गोतामेको टाउको र अनुहारमा चोट लागेकोमा प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार पश्चात १ः४५ थप उपचारको लागि पोखरा रिपर गरिएको छ ।

जीप सवार अन्य यात्रुहरुलाई केही नभएको र जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर छ । थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरीले कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय