स्याङ्जामा आगलागी, एकको मृत्यु

२०७९ माघ २८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २८ माघ । स्याङ्जाको वालिङ नगरपालिकामा शनिबार दिउँसो आगलागी भएको छ। खरबारीमा लागेको आगो घरतिर आउन थालेपछि बेहोस एकको मृत्यु  भएको छ ।

वालिङ नगरपालिका १४ डाँडाखर्कस्थित बारी र खरबारीमा दिउँसो २ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

आगलागी भएको स्थानबाट गाउँ एक सय मिटर पर रहेको र स्थानीयहरुको सहयोगमा आगो ४ः१० बजे नियन्त्रणमा आएको खनालले बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आगो घरतिर आउन लागेपछि सो ठाउँ बस्ने ६५ वर्षीय टिकाराम कुवर बेहोस हुनुभएको थियो । उहाँ बेहोस भएपछि स्थानीयको सहयोगमा उपचारको लागि प्राथमिक स्वास्थ्य उपचार केन्द्र वालिङमा लगिएको थियो ।

कुबँरको उपचारको क्रममा दिउँसो ४ः१५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय