इटालीमा डुंगा दुर्घटना ,आठ बालबालिका सहीत ६३ को मृत्यु, दर्जनौँ बेपत्ता

२०७९ फाल्गुन १६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इटाली , १६ फागुन । इटालीको दक्षिणी तटमा आइतबार भएको डुंगा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् । उक्त दुर्घटनामा कम्तीमा आठजना बालबालिकाको ज्यान गएको थियो।

मध्यसमुद्रमा आँधीबेहरीबीच काठको डुंगा फुटेर उक्त दुर्घटना भएको थियो। ८० जनाको जीवितै उद्धार गरिएको थियो। एक सय ७० जना बोकेर टर्कीको समुद्रबाट डुंगामा उनीहरू इटालीको समुद्री तटमा पुगेका थिए। दुर्घटनाग्रस्त डुंगामा धेरैजना पौडिन नजान्ने थिए

तटरक्षक, गोताखोर, सुरक्षाकर्मीलगायत खोज तथा उद्धारमा जुटेका छन्। दुईवटा हेलिकोप्टर पनि खोजमा परिचालन गरिएको छ। दक्षिणी सहर क्रोटोनको खेलमैदानमा मृतकहरूको पहिचानका लागि शव राखिएको छ।

सरकारी अधिकारीले मृतकका आफन्तलाई दुर्घटनामा परेका प्रियजनको विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। उनीहरूले खोज तथा उद्धारमा विलम्ब गरिएको आरोपको खण्डन गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय