कल्पना भट्टराई
स्याङ्जा,१९ चैत ।गल्याङ नगरपालिका ११ काम्लाङमा लु १ च ५०४६ नं को जिप दुर्घटना भएको छ । जिपमा ५ सवार मध्ये तीन जना घाइते भएका छन ।
आइतबार बिहान ८ बजेको समयमा जिमुहाबाट बसाइँसराइका लागि बुटवल जाने क्रममा काम्लाङमा जिप अनियन्त्रित भइ दुर्घटना भएको हो ।
घाइते ३ जना मध्ये एक जनासामान्य उपचार पछी घर फर्किएका छन भने दुई जनाको गल्याङ अस्पतालमा उपचार भइरहेको छ ।घाइते को अवस्था सामान्य रहेका छ ।