पाल्पाको जोरधारामा बस दुर्घटना

२०८० बैशाख १०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१० बैशाख । बुटवल पाल्पा सडकखण्डको जोरधारामा बस दुर्घटना भएको छ ।

आईतबार विहान बुटवलबाट पाल्पा हुँदै बाग्लुङका लागि छुटेको लु १ ख ६९५६ बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार हाल उद्धार जारी छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई प्रभासस्थित लुम्बिनी मेडिकल कजेलमा उपचारका लागि पठाइएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय