काठमाडौँ, ३१ वैशाख । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौँसहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ ।
“पश्चिमी वायुको प्रभावले काठमाडौँमा अहिले छिटफुट वर्षा भएको छ, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा छिटफुट वर्षाको सम्भावना छ”, महाशाखाका मौसमविद् समीर श्रेष्ठले भन्नुभयो ।
काठमाडौँमा आज बिहानैदेखि आंशिक बदली रहनुका साथै भर्खरै छिटफुट वर्षासमेत भएको छ । उपत्यकामा खण्डित रुपमा वर्षा भएको माशाखाले जनाएको छ ।