मुलुकलाई संकबाट उतार्न कांग्रेस नेतृत्व आवश्यक : मुख्यमन्त्री पोखरेल

२०७८ आश्विन २१, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पोखरा, २१ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकमा जब संकट पर्छ तब कांग्रेसमाथि थप जिम्मेबारी आइलाग्ने बताउनुुभएको छ ।

नेपाली कांग्रेस पोखरा महानगरले दशैं, तिहार, नेपाल सम्वत, छठ तथा ईदको अवसर पारेर बिहीबार गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले पार्टीको स्थापनाकालदेखि नै यो प्रक्रिया निरन्तर चलेको बताउनुु भएको हो । गएको चुनावमा कम्युनिस्टले २ तिहाइ ल्याएपछि नेपाली कांग्रेस निर्धक्कसँग प्रतिपक्षमा बसेपछि उनीहरुबीचकै कलहले संवैधानिक संकट निम्तेपछि कांग्रेस अघि सर्नु परेको उहाँले बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘चुनावका बेला कांग्रेससँग अत्तालिएर अप्राकृतिक गठवन्धन बन्यो, सरकार बनेदेखि नै खटपट सुरु भयो, आखिर गठवन्धन टुटेर छाड्यो ।’ कांग्रेस प्रतिपक्षमा बस्दा पनि रचनात्मक भूमिका खेलेको स्मरण गर्दै उहाँले अहिले सरकारमा रहँदा झनै जिम्मेवारी थपिएको भनाइ राख्नुुभयो ।

२०६४ को चुनावमा माओवादी ठूलो पार्टी बने पनि संविधानसभाले संविधान दिन नसकेको भन्दै त्यसका लागि पनि कांग्रेस नै अग्रसर हुनुपरेको स्मरण गर्नुुभयो । उहाँले भन्नुुभयो, ‘विगतका घटनाहरुले हामीलाई पाठ सिकाएका छन्, विकास र समृद्धिका लागि काग्रेसकै नेतृत्व आवश्यक पर्ने रहेछ ।’ मुलुकमा भएका सबै खालका परिवर्तनका लागि कांग्रेसकै नेतृत्वदायी भूमिका महत्वपूण रहेको पनि उहाँले दोहो¥याउनुु भयो ।

कांग्रेस अहिले १४ औं महाधिवेशनमा लागिरहँदा वडा, पालिका र हिमाली जिल्लामा चुनाव भइसकेको भन्दै उहाँले अब पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुुभयो । पार्टीभित्र हुने आन्तरिक लोकतन्त्रका लागि चुनावी प्रक्रिया अपनाइ पनि यसलाई सहज रुपमा लिन उहाँले कार्यकर्तासँग आग्रह गर्नुुभयो । उहाँले भन्नुुभयो, ‘जुझारु, सक्रिय, एक अर्काको अस्तित्व स्वीकार्ने कांग्रेस बनाएर अगाडि बढ्नुहोस, यही शुभकामना छ ।’

कास्की कांग्रेसको चिप्लेढुंगास्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा प्रदेश मन्त्रीद्वय कुमार खड्का, बिन्दुकुमार थापा, पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, शुक्रराज शर्मा, महादेव गुरुङ, कास्की सभापति कृष्ण केसी सहित नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

नगर सभापति सुरेन्द्र बिजुक्छेले कांग्रेस संस्थापक बिपी कोइरालाले सुरु गरेको चियापान समारोहलाई जिल्ला र पालिकास्तरसम्म पनि निरन्तरता दिइएको बताउनुुभयो । आपसी भाइचार स्थापना र संगठन सुधारका लागि यस्ता कार्यक्रम फलदायी हुने उहाँको भनाइ थियो । कार्यक्रममा नगर उपसभापति प्रयागराज भण्डारी, सचिव टुबराज बास्तोलाले शुभकामनासहित भनाइ राख्नुुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय