स्वतन्त्र बिधार्थी युनियन वालिङ बहुमुखी क्याम्पस द्वारा हाजिरि जबाफ कार्यक्रम सम्पन्न

२०८० श्रावण २०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युबराज सुबेदी
स्याङ्जा,२० साउन । वालिङ बहुमुखी क्याम्पसमा विभिन्न रचनात्मक कार्यक्रम स्वतन्त्र बिद्यार्थी युनियन वालिङ क्याम्पसले गर्दै आएको छ। बिधार्थीहरुको रचनात्मक कार्यमा अग्रसर गराउने हेतुले हाजिरी जबाफ कार्यक्रम गरिएको स्वतन्त्र बिधार्थी युनियन वालिङ क्याम्पसका अध्यक्ष सन्दिप कडेलले हेर्नेकुरा अनलाइन लाई बताउनु भयो।

वालिङ नगरपालिका भित्रका +2, डिप्लोमा,स्नातक तहमा अध्यनरत बिद्यार्थी हरु बिच प्रतिस्पर्धा गराइएको थियो।कार्यक्रममा वालिङ नगर भित्रका १० वटा संस्था ले भाग लिएका थिए ।कार्यक्रमको अध्यक्षता स्वतन्त्र विद्यार्थी युनियन वालिङ बहुमुखी क्याम्पसका कार्य बाहक अध्यक्ष युबराज तिवारीले गर्नुभएको थियो ,कार्यक्रमको प्रमुख अतिथी वालिङ नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले गर्नुभएको थियो।कार्यक्रममा प्रमुख अतिथी तेजराज शर्मा स्वबियु द्वारा यस्ता कार्यक्रम गर्नाले नै बिद्यार्थी भित्र प्रतिभा प्रसपुठन हुने जानकारी गराउनु भएको थियो । बिद्यार्थीको प्रमुख कर्तब्य भनेको नै पढाइ भएको र अन्य कार्य हरु पनि गर्नु पर्ने कुरामा जोड दिएका थिए। स्वबियुले निकै नै राम्रो काम गरेको भन्दै प्रसंशा गर्नुभएको थियो।

कार्यक्रममा क्याम्पस प्रमुख युबराज पाठक,सन्चालक समितीका अध्यक्ष हुमकान्त कोइराला लगायतले मन्तव्य राखेका राख्नुभएको थियो।

कार्यक्रममा प्रथम स्थान स्स्नातक समूह वालिङ क्याम्पस ,दोस्रो स्थान :+2 समूह वालिङ क्याम्पस ,तेस्रो स्थान : पुणामृत भबानी मा बि ले हासिल गरेका थिए।बिजेतालाई नगद ,प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।

कार्यक्रममा स्वागत मनत्ब्य स्वबियु सदस्य डिला भुसालले राख्नु भएको थियो, भने कार्यक्रमको सन्चालन स्वतन्त्र बिद्यार्थी युनियन वालिङ क्याम्पसका सचिब राजिन कुवर (बिपिन) ले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय