चाडपर्व लागेसङ्गै अवैध कपडा भित्रीउने स्याङ्जामा एक पक्राउ

२०८० भाद्र ४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा , ४ भदौ । चाडपर्व लागेसङ्गै अबैध कपडा भित्र्याउने स्याङ्जामा एक जना पक्राउ परेका छन ।

आइतबार साझ ७ बजे गल्याङ नगरपालिका १ राम्दिबाट खटिएको प्रहरी टोलिले बुटवलबाट गल्याङ आउदै गरेको ग १ ख ३८५४ नम्बरको हाइसमा चेकजाँच गर्दा अबैध कपडा फेला परेको स्याङ्जा जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारि दिनुभयो ।

अन्दाजि ४४००० (चौवालिस हजार)को समान भित्र्याउदै गरेका नवलपरासी जिल्ला सुनौल नगरपालिका २ मुखियाटोल बस्ने अजय गुप्ता पक्राउ परेको खनालले बताउनुभयो ।

समानमा जयपुरि पातलो कुर्था ३० थान ,बाक्लो कुर्था २० थान र सुति साडि २० थान गरि ७० थान फेला परि गुप्तालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार