स्याङजा,१३ भदौ । बिरुवा गाउपालिका १ किचनासका २८ बर्षिया चेलिस श्रेष्ठको अरिङ्गालको टोकाईवाट मृत्यु भएको छ ।
मंगलवार साझको समयमा घर नजिकै जंगलमा साझको समयमा अरिङ्गाल पोल्न गएका श्रेष्ठलाई करिव ६०,७० वटा अरिङ्गाल टोक्दा घाईते भएका थिए । स्थानियको सहयोगमा उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको थियो ।
उपचारका क्रममा राति १ बजे श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरिक्षक रबिन्द्र खनालले जानकारि दिनुभयो ।अरिङ्गाल पोल्न श्रेष्ठ सहित ६ जना गएकोमा अन्य ५ जनालाई केही नभएको स्थानियले जानकारि दिए। घटना वारे थप अनुसन्धान भईरहेको छ ।