नुहाउने क्रममा बुढीगण्डकीले बगाउँदा शिक्षक वेपत्ता

२०८० भाद्र १५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साबित्री अधिकारी

धादिङ,१५ भाद्र । दर्शनको लागि त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटार स्थित नरसिंह धाम पुगेका नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का बासु तिमिल्सीनालाई नुहाउने क्रममा बुढीगण्डकीले बगाउँदा वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रका अनुसार वेपत्ता तिमिल्सीनाको खोजिकार्य जारी रहेको छ । तिमिल्सीना नीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय