माछा मार्ने क्रममा करेन्ट लागेर स्याङ्जामा एकको मृत्यु

२०८० भाद्र २२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २२ भदौ । माछा मार्ने क्रममा करेन्ट लाग्दा स्याङ्जामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ् नगरपालिका ६ आमडाली बस्ने ३६ बर्षिया यम बहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

वालिङ् नगरपालिका ६ मा रहेको रसखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा रातको करिब २:१० थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी पावल सिंह लामाले जानकारी दिनुभयो । उहाँका अनुसार माछा मार्नको लागि ५ जनाको टोलि गएको बुझिएको छ । संगै गएका अन्य चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माछा मार्न गएका व्यक्तिहरूले माछा मार्न प्रयोग गरेको तार, रड र बांसको भाटा सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । लास पोष्ट मार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाईएको र थप अनुसन्धान कार्य जारी रहेको सूचना अधिकारी थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार