वालिङमा अवैध लागू औषध सहित २ पक्राउ

२०८० भाद्र २४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ,२४ भदौ । वालिङ अवैध लागू औषध सहित  दुई जना पक्राउ परेका छन।

शनिबार ४ :०० बजे बुटवल बाट पोखरा तर्फ आउदै गरेको ग २ ख ५१५ नम्बरको बसमा सवार दुई जनाको झोलामा अवैध लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय वालिङ बाट खटिएका प्रहरी अधिकृत सहितको टोलिले सवारी साधन चेक गर्ने क्रममा बसमा दुईवटा सवारको झोलामा अवैध लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी निरिक्षक पावल सिह लामाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका १५ रामबजार बस्ने १७ बर्षका शिव बस्नेत र स्याङ्जा जिल्ला बिरुवा गाउपालिका वडा न २ अर्चले बस्ने २२ बर्षका अजय राना को झोलामा डाईजेपाम ५० एम्पुल ,फेनारागन ५० एम्पुलर नोफिन ५० एम्पुल गरि जम्मा १५० एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

दुबै जनाको झोलाबाट अवैध लागुऔषध फेला पारि नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार